क्यान्सर पीडित मक्करबहादुरकाे उपचारमा आर्थिक संकट, औषधि र खानेकुरा किनेर खान समेत समस्या भएपछि सहयोगको अपिल — OSNepal

क्यान्सर पीडित मक्करबहादुरकाे उपचारमा आर्थिक संकट, औषधि र खानेकुरा किनेर खान समेत समस्या भएपछि सहयोगको अपिल

LC (KTM) April 27, 2022 0

मुगु, १३ वैशाख-जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंङगाचौरका २२ वर्षीय प्रकाश विश्वकर्मा काका मक्करबहादुर कामीको औषधि उपचार गर्न बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुगेका छन् । ३५ वर्षीय प्रकाशका काका विगत पाँच महिनादेखि जिब्रोमा क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न ऋण र मजदुरीबाट आएको रकम बाेकेर उनी चितवनमा पुगेका हुन ।

तर, यतिबेला आफूले लिएर आएकाे पैसा सकिएकाले काका मक्करबहादुरकाे उपचारमा आर्थिक संकट भएकाे प्रकाशले बताए । गाउँबाट ऋण सापट गरी ल्याएको रकम चितवन पुग्दा र औषधि खर्चमा दुई लाखभन्दा बढी रकम सकिएकाे भन्दै प्रकाशले अहिले औषधि किन्नसमेत पैसा नभएकाे बताए । औषधि र खानेकुरा किनेर खान समेत समस्या भएकाे भन्दै उनले आर्थिक सहयाेगका लागि अपिल गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार हुन नसकेपछि चितवन पुगेका उनीहरू अहिले आर्थिक अभावमा परेपछि उपचार र खाना खानसमेत समस्यामा परेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिफर गरेरपछि उनीहरू चितवन पुगेका हुन् ।

प्रकाशले काका मक्करबहादुरकाे उपचारमा आर्थिक सहयाेग गर्न चाहनेहरूले क्षेत्रबहादुर कामीको नाममा रहेको कुमारी बैंक लिमिटेडको खाता नम्बर ०८७०१३३०८६०००००१ मा पैसा जम्मा गरिदिनुहुन अनुराेध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर