चुनाबको मुखैमा कमल थापालाई अर्को कडा झड्का : उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ – OSNepal

चुनाबको मुखैमा कमल थापालाई अर्को कडा झड्का : उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

Osnepal Admin (KTM) April 28, 2022 0

काठमाडौं, १५ वैशाख-कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् ।थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् ।

अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published.