OSNepal बुधबार, मंसिर २२ २०७८

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका ६३८ जना पक्राउ

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका ६३८ जना पक्राउ

  • OSNepal
  • शुक्रबार, जेष्ठ २८ २०७८


म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका  ६३८ जना पक्राउ
Reading Time: < 1 minute

याङ्गुन, २८ जेठ- म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई ह त्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आ तंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ । म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ । सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृ त्यु भइसकेको छ । (रासस-एएनआई)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड