गण्डकी प्रदेशमा मुख्यमन्त्री पदकाका लागि आधार पेश गर्न २४ घण्टाको समय — OSNepal

गण्डकी प्रदेशमा मुख्यमन्त्री पदकाका लागि आधार पेश गर्न २४ घण्टाको समय

LC (KTM) June 11, 2021 0

पोखरा २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि संविधानको धारा १६८(५) अनुसार सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि विपक्षी गठबन्धनलाई आधार पेश गर्न आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर