७० किलो गाँजासहित २६ वर्षीय सुजन परेवाकोटबाट पक्राउ — OSNepal

७० किलो गाँजासहित २६ वर्षीय सुजन परेवाकोटबाट पक्राउ

LC (KTM) April 29, 2022 0

चितवन- गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई आज बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो । गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर