पटक-पटक भइरहेको संसद् विघटनले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको छ : नेता भट्टराई — OSNepal

पटक-पटक भइरहेको संसद् विघटनले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको छ : नेता भट्टराई

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पटक पटक भइरहेको संसद् विघटनले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।
आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका नेता भट्टराईले बैठकबाट बाहिरिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । “संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्, सचेत भएर अघि बढ्न सकेनौँ भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ ” भट्टराईले भने ।

चुनाव नभएपछि संविधान फेल हुन्छ,यही खेल्ने ग्र्यान्ड डिजाइन भइरहेको भट्टराईको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर