कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दावी गर्न प्रदेश प्रमुख कार्यालय — OSNepal

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दावी गर्न प्रदेश प्रमुख कार्यालय

LC (KTM) June 11, 2021 0

पोखरा २८ जेठ । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।हिजो बिहिबार प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

आज प्रदेश प्रमुखले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीको लागि संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सोही आधारमा बहुमतको दावी गर्दै मुख्यमन्त्रीको लागि नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा प्रदेशप्रमुख समक्ष गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर