१८ महिनादेखि चीन प्रवेश पास बन्द — OSNepal

१८ महिनादेखि चीन प्रवेश पास बन्द

LC (KTM) May 02, 2022 0

रसुवा । रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना प्रवेश पास) वितरण १८ महिना देखि रोकिएको छ ।कोभिडका कारण रसुवागढि नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढि अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ ।

चीनसँग सीमा जोडीएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो ।नाका पूर्णरुपमा सञ्चालनमा आएपछि पुन: पास सञ्चालनमा ल्याइने बताइएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर