पार्टीको कारवाहीमा परेका चारजना सांसदलाई सर्वोच्चले पुनर्वहाली गरेपछि एमाले पुनरवलोकनमा जाने — OSNepal

पार्टीको कारवाहीमा परेका चारजना सांसदलाई सर्वोच्चले पुनर्वहाली गरेपछि एमाले पुनरवलोकनमा जाने

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । नेकपा एमालेको सत्ता पक्षले कर्णाली प्रदेशमा कारवाही गरेको चार सांसदलाई सर्वोच्च अदालतले पुर्नबहाली गरेपछि सत्ता पक्ष पुनरवलोकनमा जाने भएको छ । हिजो बिहिबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशमा पार्टीको ह्रिप उल्लंघन गरेकाले चार जनालाई पुर्नबहाली गरेको हो ।

पुर्नबहाली हुनेमा कर्णाली प्रदेशमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा रहेका छन् । अदालतको यो निणर्यसँगै एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीको निर्णयले पनि वैधता गुमाएको छ ।

सर्वोच्चको यो निणर्यलाई पुनरवलोकनमा जाने तयारी भइरहेको नेता सुवास नेम्वाङ बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर