भोली इस्लाम धर्मावलम्बीहरुको पर्व इद , प्रधानमन्त्री देउवाले दिए इदको शुभकामना — OSNepal

भोली इस्लाम धर्मावलम्बीहरुको पर्व इद , प्रधानमन्त्री देउवाले दिए इदको शुभकामना

LC (KTM) May 02, 2022 0

नेपाल सहित विश्वभर भोली इस्लाम धर्मावलम्बीहरुको पर्व इद इद उल फित्र धुमधामका साथ मनाउँदै छन् । यसै पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको बताउँदै नेपालीहरुको चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सरकारले इद पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर