यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर) — OSNepal

यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

LC (KTM) May 03, 2022 0

अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।


तस्बिर : माेहम्मद हबिब

यो पनि : त्रियुगामा कांग्रेसका बसन्त बस्‍नेतको उम्मेवारी खारेजीको माग गर्दै उजुरी : उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेतविरुद्ध उम्मेदवारी परेकाे छ ।

बस्‍नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

बस्‍नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेकाे छ । निर्माण व्यवसायी समेत रहेका बस्‍नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएकाे छ । उनले साेमबार मात्र उजुरी दर्ता गराएका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २०७८ चैत २७ गते १५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा समेत कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर