होम आइशोलेसनमा रहेकालाई आयुर्वेदिक औषधि वितरण — OSNepal

होम आइशोलेसनमा रहेकालाई आयुर्वेदिक औषधि वितरण

LC (KTM) June 11, 2021 0

भोजपुर, २८ जेठ- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले विभिन्न होम आइशोलेसनमा रहेका व्यक्तिलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । कोरोना कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य च्यावनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाेलगायत आयुर्वेदिक औषधि वितरण गरिएको हो । केन्द्रले जिल्लाका विभिन्न ठाउँमा रहेका आइशोलेसन पुगेर आयुर्वेदिक औषधि वितरण गरेको कार्यालयले जनाएको छ । आयुर्वेदिकको औषधि नियमित सेवनल रोगसँग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ ।

हालसम्म भोजपुुरको कोभिड अस्पताल रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र जिल्ला अस्पतालमा आइसोलेशनमा रहेकामा औषधि वितरण भइसकेको र अन्य स्थानीय नागरिकलाई समेत वितरण गरिने योजना रहेको आयुर्वेद केन्द्रका सूचना अधिकारी दिलीपकुमार झाले जानकारी दिनुभयो । झाले भन्नुभयो, ‘‘जिल्लामा संक्रमितको सङ्ख्या बढिरहेको छ । आयुर्वेदिक औषधिले रोगसँग लड्ने क्षमता विकास गर्छ । जिल्लाका सबै संक्रमितलाई औषधि वितरण गर्ने लक्ष्य छ ।’’
कोरोना संक्रमित विरामीका लागि आयुर्वेदिक औषधीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसको प्रयोग उपयोगी रहेको चिकित्सकले जनाएका छन् । संक्रमण दर दिनप्रतिदिन वढी रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न जिल्ला अस्पताल भोजपुरका प्रमुख फिपराज विश्वकर्माले आग्रह गर्नुभयो ।

आयुर्वेदिक औषधि सबैको लागि उपयोगी भएकाले यसलाई प्राथमिकतामा राखेर वितरण गर्नुपर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । यस्ता औषधि खरिद तथा वितरणमा प्रदेश तथा केन्द्र सरकारले प्रामिकतामा राखेर काम गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताउनुभयो । कूल १५४ थान विभिन्न खालका प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । शुक्रबारसम्म भोजपुरमा संक्रमितको संख्या ५५६ पुगेको छ भने २३९ जना निको भएर फर्केका छन् । जिल्लामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर