बेलायतबाट ह्याण्डसम सन्तोषले ल्याए सुन्दरी सृजनासँग मिलेर ‘फूलहरु मगमग’को भिडियो – OSNepal

बेलायतबाट ह्याण्डसम सन्तोषले ल्याए सुन्दरी सृजनासँग मिलेर ‘फूलहरु मगमग’को भिडियो

Osnepal May 03, 2022 0

काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुची राख्छन् । मोरगंका राई ६ वर्षदेखि बेलायतमा रहँदै आएका छन् ।

त्यस्तै मोडल सृजना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, हाँस तिमी हजार चोटी बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।

त्यस्तै गीतकार गिरीको यस अगाडि ‘ए पहरी फूल’ बोलको गीतले चर्चा कमाउन सफल भएको थियो । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.