वैशाख २१ बाट साताव्यापी कांग्रेसको चुनावी सभा, कसले कहाँ सम्बोधन गर्दैछ (तालिकासहित ) — OSNepal

वैशाख २१ बाट साताव्यापी कांग्रेसको चुनावी सभा, कसले कहाँ सम्बोधन गर्दैछ (तालिकासहित )

LC (KTM) May 03, 2022 0

काठमाडौं २० वैशाख । स्थानीय तह निर्वाचनको लागि देशका प्रमुख १० शहरमा नेपाली कांग्रेसले चुनावी सभा आयोजना गर्ने भएको छ ।

यही वैशाख ३०. गते हुने लागेको निर्वाचनको लागि कांग्रेसले वैशाख २१ गते बाट २७ गते सम्म चुनावी सभा आयोजना गर्ने भएको हो ।

सुरुमा विराटनगरमा सुरु हुने चुनावी सभामा सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल , महा मन्त्री विश्व प्रकाश शर्मा लगायतले सम्बोधन गर्ने भएका छन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा पनि सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी, वैशाख २३ गते काठमाडौंमा, वैशाख २४ गते रुपन्देहीको बुटवलमा, वैशाख २४ गते नै फेरि दमौली र धनुषाको जनकपुरमा, वैशाख २५ गते कास्कीको पोखरा र दाङको तुलसीपुरमा चुनावी सभा आयोजना हुने भएको छ ।

साथै, वैशाख २६ गते कैलालको धनगढीमा र २७ गते डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर