वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन — OSNepal

वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

LC (KTM) May 04, 2022 0

न्युयोर्क, २१ वैशाख :

एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए ।

आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूबाट २ हजार सर्वेक्षण जवाफहरू तयार गरे । तिनीहरूले आफ्नो तथ्यांक मालिकले कुकुरको विशेषता र स्वभावबारे बर्णन गरेको एउटा खुला तथ्यांक—डार्विनस आर्कबाट लिएका थिए ।

यसको माध्यमबाट वैज्ञानिकहरुले यो पत्ता लगाए कि नस्लको आधुनिक अवधारणाले कुकुरहरुको अधिकांश व्यवहारबारे केबल आंशिक भविष्यबाणी गर्छ । जीनमार्फत स्वभावसम्बन्धी विशेषता थाहा पाउन सके पनि त्यसले कुकुर कति मायालु छ वा कति छिटो रिसाउछ भन्ने निर्धारण गर्न सकिदैन ।

यूमास चान र एमआईटी तथा हार्वर्डको ब्रोड इन्स्टिच्युटका एलिनोर कार्लसन भन्छिन्, ‘आनुवंशिकीले कुनै एउटा कुकुरको व्यक्तित्वमा भूमिका खेल्छ । तर, कुकुरको विशिष्ट नस्ल ती लक्षणहरूको उचित भविष्यवाणी होइन । ’

अध्ययन साइन्स जर्नलमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर