मायामा धोका पाएकाको कथा लिएर आएर केशव र नमिता — OSNepal

मायामा धोका पाएकाको कथा लिएर आएर केशव र नमिता

LC (KTM) June 11, 2021 0

काठमाडौँ । गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार नमिता दवाडीको शब्द शृजनामा गायक भावुकको स्वरमा तयार भएको गीत बजारमा आएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।

कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको गीतले सांगीतीक माहोल तात्तिएको छ । म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

जसले दर्शकको मन छुने विश्वास गायक भावुकले लिएका छन् । ओएस नेपालसँगको कुराकानीका क्रममा गायक भावुकले म मजदुर मायाकोले दर्शकको मन जित्नेमा आँफु विश्वस्त भएको बताए ।

गायक भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालले गरेका हुन् । जसको निर्देशन पनि अर्यालले नै गरेका हुन् । भिडियोको निर्माण महेश बाबु दवाडीले गरेका हुन् । हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर