घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? — OSNepal

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

LC (KTM) May 06, 2022 0

काठमाडौँ, २३ वैशाख- सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर