आईपीएलमा कोलकत्ताको लज्जास्पद हार , जित संगै लखनउ शीर्ष स्थानमा — OSNepal

आईपीएलमा कोलकत्ताको लज्जास्पद हार , जित संगै लखनउ शीर्ष स्थानमा

LC (KTM) May 07, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा आज भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई हराउँदै लखनउ सुपर जाइन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७५ रनको फराकिलो अन्तरले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले कोलकत्ता समक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको कोलकत्ता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । कोलकत्ताका आन्द्रे रसेलले ४५ रन जोड्दा सुनिल नारिनेले २२ रन जोडे । आरोन फिन्च १४ रनमा आउट भए ।लखनउका आभेश खान र जासन होल्डरले ३-३ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो ।

लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय इनिङ खेले । दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कुर्नाल पान्डया २५ रनमा आउट भए ।कोलकत्ताका आन्द्रे रसेलले २ विकेट लिए ।जितसँगै लखनउले ११ खेलमा १६ अंक जोडेको छ । कोलकत्ता ११ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर