आफ्ना हुनेवाला श्रीमानलाई जेल पठाउने यी हुन् हिम्मतवाली सब–इन्स्पेक्टर — OSNepal

आफ्ना हुनेवाला श्रीमानलाई जेल पठाउने यी हुन् हिम्मतवाली सब–इन्स्पेक्टर

LC (KTM) May 08, 2022 0

काठमाडौं । आफ्नो हुनेवाला श्रीमानलाई पत्निले पक्राउ गरेको कहिल्यै सुन्नु भएको छ ? खबर हो भारतको आसामको । आसाम प्रहरीकी सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध ठगीको आरोपमा एफआईआर दर्ता गराएपछि सबै छक्क परेका छन् ।

नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी आफ्ना हुनेवाला पतिका विरुद्धमा ठगीको आरोप लागे लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।इन्गेजमेन्टपछि जुनमोनीले यस्ता धेरै प्रमाण फेला पारिन्, जसका कारण उनलाई आफ्ना भावी श्रीमानमाथि शंका लाग्न थाल्यो । ति प्रहरीका हुनेवाला पतिले धेरै जनालाई जागिर दिने झूटो बहानामा करोडौं रुपैयाँ ठगी गरेको आरोप पनि लागेको छ ।

ति सुन्दरी प्रहरीले मोनी माजुलीमा पोस्टिङ हुँदा गत जनवरीमा आफ्ना भावी श्रीमान राणा पोगागलाई भेटेकी थिइन् । राणा मजुलीकै बासिन्दा हुन् । लामो समयपछिको भेटघाटपछि यी दुई प्रेममा परे र केही महिनापछि परिवारको उपस्थितिमा दुबैले इन्गेजमेन्ट गरे ।

प्रहरीसँग नजिक हुने स्वभावका र प्रभावमा पार्ने उदेश्यले उनी मसँग नजिक भएर भोली केही सहयोग पाइएला भन्ने आशाले यसरी अगाडी बढेको मैले पाएँ । उनी अगाडी भन्छिन् मेरो चिनजानका स्टेसन इन्चार्जले उनीसँग परिचय गराएका थिए ।

प्रहरी अधिकारीसँग उनको राम्रै चिनजान थियो । त्यसको एउटा कारण यो पनि हुनसक्छ कि उनी ठगीमा संलग्न थिए । प्रहरीसँग सम्बन्ध बनाइरहे, भविष्यमा केही मद्दत पाउने उनले सोचेका थिए । तर त्यो मलाई सैह्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर