आईपीएल क्रिकेटमा कोलकत्ताको जित — OSNepal

आईपीएल क्रिकेटमा कोलकत्ताको जित

LC (KTM) May 09, 2022 0

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा मुम्बई इण्यिन्सलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको हो । कोलकत्ताले मुम्बई समक्ष १ सय ६६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदान छिरेको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रनको योगफल तयार गरेको थियो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले । टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। केइरन पोलार्डले १५ रन जोडे । कोलकत्ताका लागि प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रनको स्कोर खडा गरेको थियो ।

कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ र४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिएका थिए । जितसँगै कोलकत्ताले १२ खेल १० अंक जोडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर