लोकतन्त्र मा आस्था राख्ने प्रवासी नेपालीहरुको आस्थाको धरोहर, नेपाली कांग्रेसको प्रवास स्थित शुभेच्छु संस्था नेपाली जनसम्पर्क समिति जापानको क्युशु क्षेत्रको क्षेत्रिय अधिवेशन को मिति तय भएको छ। क्युशु क्षेत्रिय समितिको गत २४ एप्रिल २०२२ मा बसेको क्षेत्रिय कार्यसमितिको मिटिंगले सर्वसम्मत यो निर्णय गरेको कार्यसमिति का सचिव मदन शर्माले जानकारी दिनुभयो। क्युशु क्षेत्रको छैटौँ अधिवेशन तय गर्नभनी राखिएको मिटिंगले जनसम्पर्क समिति जापान केन्द्रले पठाएको अधिवेशन सम्बन्धी पत्रका आधारमा क्युशु क्षेत्रले यो निर्णय गरेको र संस्था ले विधिवत रुपमा नेपाली जनसम्पर्क समितिको संशोधित विधान २०२१ लाइ अक्षरांश पालना गर्दै विधी,विधान र पद्वतीलाइ मूल मन्त्र मानेर छैटौँ अधिवेशन सम्पन्न गर्नेछ’ उप-सभापति सुरज बनले भन्नुभयो।
सचिव शर्माका अनुसार क्युशु क्षेत्रिय अधिवेशनका लागि हस्त लामा को संयोजकत्वमा ३ जनाको निर्वाचन समिति गठन गरिएको छ, जसमा संयोजक हस्त लामा सहित लक्ष्मण बानिया र भीम ब. गुरुंग रहेका छन। कार्यसमितिको सर्वसम्मत निर्णयबाट तय गरिएको निर्वाचन समिति गत पाँचौँ अधिवेशन गराउने त्यही निर्वाचन समिति हो।
क्युशु क्षेत्रिय अधिवेशन मा नेपाली कांग्रेस का सभापति एवं सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवा, महामंत्री द्वोय गगन थापा, विश्वप्रकाश शर्मा लगायत का केन्द्रीय स्थरका नेताहरुको पनि वनलाइन मार्फत उपस्थित रहने श्रोतले जनाएको छ।
जापानमा रहनुभएका अग्रज नेता तथा वुद्वीजिवीहरु महेश श्रेष्ट,डा.नेत्र प्रसाद भण्डारी,नारायण सुवेदी, डा.बलराम श्रेष्ट, प्रो. धर्मराज अधिकारी, भूपी गोबिन्द श्रेष्ट, डिपी कँडेल,डा. विश्व कँडेल,पारसमणी पोख्रेल,कृष्ण गैरे,रिसिराम सापकोटा लगायत को उपस्थिति मा अधिवेशन अत्यान्तै भव्य हुने अधिवेशन प्रचार प्रसार समितिले जनाएको छ।
जनसम्पर्क समिति जापानका वर्तमान सभापति रोशन केसी को अतिथ्यमा हुने भनिएको अधिवेशनका लागि उपसभापति द्वोय राजेन्द्र जमरकटेल र रामकृष्ण बम मल्ल केन्द्रित महाधिवेशन प्रतिनिधि रहेका छन। केन्द्रीय समितीका अधिकांश नेताहरुको उपस्थिति गर्न क्युशु क्षेत्रिय समिति संवादमा रहेको र सबै क्षेत्रका संयोजक तथा अग्रजहरु पनि उपस्थित हुने जनाइएको छ।
“क्युशु क्षेत्र तथा जापानका सबै ठाउँहरुमा छरिएर बस्नुभएका समस्त आस्थावान शुभेच्छु नेता तथा साथीहरुलाइ क्युशु क्षेत्रिय समितिको छैटौँ अधिवेशन मा उपस्थित भइ कार्यक्रमलाइ भव्य र सभ्या बनाइदिन अनुरोध सहितको सार्वजनिक निमन्त्रणा को निवेदन गर्दछु”- सभापति डिका कार्कीले भन्नुभयो।