मञ्चमै ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे पुण्य गौतम भने अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै — OSNepal

मञ्चमै ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे पुण्य गौतम भने अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै

LC (KTM) May 10, 2022 0

काठमाडौं -चर्चित वक्ता एबम नेकपा समाजबादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा गैतम एमाले प्रबेश गरेका हुन् ।

गौतमलाई एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् । गौतमले ओलीको मञ्चमै खुट्टा ढोगेको दृष्य रोचक थियो । ओलीले एमालेको झण्डा प्रदान गरेका थिए । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

केही समय भाषण गरेका पुण्यले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर