आमा बनेपछि हराएका यी दुई अभिनेत्री अभिनयमा फर्किँदै — OSNepal

आमा बनेपछि हराएका यी दुई अभिनेत्री अभिनयमा फर्किँदै

LC (KTM) May 11, 2022 0

काठमाडौं । आमा बनेपछि केही समय हराएका दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्की फिल्ममा आउने भएका छन् । अभिनेत्री प्रियंका कार्की यतिबेला आफ्नो चलचित्र लक्का जवानको प्रचारप्रसारमा छन् । अघिल्लो फिल्म हेल्लो जिन्दगीको प्रचारमा अभिनेत्रीले कत्ति पनि चासो देखाएकी थिइनन् । तर, अहिले उनी नयाँ चलचित्र लक्का जावनको प्रचारमा छिन् ।

आमा बन्ने क्रममा तौल बढेको ८५ केजी पुगेकी अभिनेत्री प्रियांका कार्कीले तीन महिनामै १५ केजीभन्दा बढी तौल घटाएकी छन् । उनी चाँडै नै टेलिभिजनको एउटा कार्यक्रममा निर्णायकका रूपमा पनि प्रस्तुत हुँदै छिन् । अब म्युजिक भिडियोदेखि चलचित्रको अभिनयलाई समेत आफूले निरन्तता दिने प्रियंकाले बताएकी छन् ।

अर्की अभिनेत्री ऋचा शर्मा पनि चलचित्रमा आउने तयारीमा छिन् । उनी निर्माता र अभिनेत्री दुवै रूपमा फिल्ममा फर्कने भएकी छन् । हुन त उनको एउटा नयाँ फिल्म अहिले प्रदर्शनीको तयारीमा छ ।राजधानि दैनिकमा खबर छ । सो फिल्मको प्रचारमा उनी जुटेकी छन् । आमा बनेपछि छोराको पालनपोषणमा समय देखिएकी अभिनेत्रीले पनि आफ्नो तौल घटाउन थालेकी छन् ।

ऋचाले खानपिनमा सन्तुलन गर्दै आफ्नो तौल घटाएकी हुन् । उनी अब चाँडै कमेडी च्याम्पियनमा निर्णायकको रूपमा प्रस्तुत हुने छिन् । त्यसपछि उनले चलचित्रको छायांकन गर्ने छिन् । चलचित्र आफ्नो प्यासन भएका कारण उनी चलचित्रबाट टाढा रहने पक्षमा छैनन् । आशा गरौं अर्को वर्षसम्म अभिनेत्री प्रियंका कार्की र ऋचा शर्मालाई नयाँ चलचित्रमा देख्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर