भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल गएका रामप्रसादको अचानक निधन — OSNepal

भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल गएका रामप्रसादको अचानक निधन

LC (KTM) May 11, 2022 0

चितवन(भाँचिएको खुट्टामा राखिएको रड निकाल्न मौलाकालिका अस्पतालमा भर्ना भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा माडी९५ बेलुवाका रामप्रसाद तिवारी रहेका छन् । मौलाकालिका अस्पतालमा भर्ना भएको उनको भर्ना गरेको करिब २ घण्टामा अस्पतालमा मृत्यु भएको हो ।

भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको केही मिनेटमै मृत्यु भएको बताइएको छ। मृतकका ज्वाईले आफैंले बिरामी लिएर आएको छु, कुनै जानकारी नदिई अर्को अस्पताल लैजाँदा नै शंका लागेको बताए ।

उनले यता आफन्तले तोडफोड गर्छन् भनेर सरकारी अस्पताल लगेर मृतक घोषणा गरेको बताए । मृतकका भाइ प्रजापति तिवारीले वैशाखी टेकेर हिँड्न सक्ने मान्छेको खुट्टाको रड झिक्दा मृत्यु हुनु चिकित्सकको लापरबाही भएको बताए। मौलाकालिका अस्पतालका सञ्चालक डा।केशवराज भुर्तेलले अपरेसनका क्रममा अचानक जटिल समस्या देखिँदा बिरामीको मृत्यु भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर