यस्तो बनेर आयो अक्षय र मानुसीको 'पृथ्वीराज' को ट्रेलर — OSNepal

यस्तो बनेर आयो अक्षय र मानुसीको ‘पृथ्वीराज’ को ट्रेलर

LC (KTM) May 11, 2022 0

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार अभिनीत ऐतिहासिक चलचित्र ‘पृथ्वीराज’ चाँडै प्रदर्शन हुने जनाइएको छ । डा।चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको सन् २०२२ को प्रतीक्षित चलचित्र मध्येको ‘पृथ्वीराज’ मा अक्षय कुमारसँगै पूर्वमिस वल्र्ड मानुषी छिल्लरको प्रमुख भूमिका छ । चलचित्रको फस्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहलता जागेको थियो । चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकाले पनि कौतुहलता जागेको हो ।

हालै अक्षय कुमारले एक सञ्चार माध्यममा चलचित्रको कथा सुन्नेबित्तिकै आफू अभिनयका लागि राजी भएको बताए । उनले भनेका थिए, ‘फिल्ममा इतिहास र देशभक्ति दुवै समेटिएको छ । साथसाथै प्रेमकहानी पनि छ । जुन सायदै तपाइँहरुले देख्न पाउनुहुन्छ ।’

यही चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । जसमा सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेमकहानीलाई देखाउन खोजिएको अनुमान गर्न सकिन्छ । चलचित्रमा अभिनेता अक्षय कुमार, अभिनेत्री मानुषी छिल्लरका साथै अभिनेता सोनु सुदको समेत प्रमुख भूमिका छ ।

सन् ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलकसमेत टे«लरमा समेटिएको छ । सौर्य दैनिकमा खबर छ । टे«लरमा अक्षय कुमार र मानुषीको साथै अभिनेता सोनु सुदलाई समेत देखाइएको छ । चलचित्रमा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यीसँगै चलचित्रमा साक्षी तन्वर, ललित तिवारी लगायतका कलाकारको समेत मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर