हलिउड फिल्ममा अभिनय गर्ने तयारीमा आलिया भट्ट — OSNepal

हलिउड फिल्ममा अभिनय गर्ने तयारीमा आलिया भट्ट

LC (KTM) May 11, 2022 0

नयाँदिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट अब हलिउडमा फिल्ममा देखिने छिन् । उनी ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो ।

अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन मुख्य भुमिका रहेको छन् ।

भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार ‘करण रकी और रानीकी प्रेम कहानी’ राजधानि दैनिकमा खबर छ । को छायांकन सकेपछि आलिया हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ को छायांकन लागि यहि महिनामा बेलायत जाने तयारीमा छिन् ।

आलियाले हलिउडमा डेब्यू गर्ने फिल्म नेटफ्लिक्समा रिलिज हुने बताइएको छ । टम हार्परको निर्देशनमा बन्न लागेको फिल्मको मे देखि अगस्तसम्म सुटिङ सकिने जनाइएको छ । स्पाइ थ्रिलर जनरामा बन्ने फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर