एकाबिहानै कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दिवाकरको मृत्यु — OSNepal

एकाबिहानै कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दिवाकरको मृत्यु

LC (KTM) May 11, 2022 0

काठमाडौं -काठमाडौंको कलंकीमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ धुनिवेशी नगरपालिका-२ का दिवाकर अधिकारी रहेका छन् । टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका-२ का दिवाकर लाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएपनि उपचारका क्रममा निधन भएको बताइएको छ ।
टिपर र टिपर चालक लीलाबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । ५ ख ७३४५ नम्बरको टिपरले दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको दिवाकरले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर