घाम पानी नभनी काम गर्यो पारिश्रमिक नै दिँदैनन् : मोडल उषा उप्रेती — OSNepal

घाम पानी नभनी काम गर्यो पारिश्रमिक नै दिँदैनन् : मोडल उषा उप्रेती

LC (KTM) May 11, 2022 0

काठमाडौँ । नेपाली म्यूजिक भिडियोको क्षेत्रमा पारिश्रमिक लिने समस्या बेला बेलामा बल्झिँदै आएको छ । पारिश्रमिक नदिई काम गराउने र कम गरिसकेपछि निर्माता निर्देशकले फोन नै नउठाउने बानीले धेरै मोडलहरु समस्यामा पर्ने गरेका छन् ।

जसको पछिल्लो उदाहरण हुन् मोडल उषा उप्रेती । लकडाउनपछि टिकटकबाट उदाएका अधिकांश मोडलहरु हराइसक्दा उषा भने भिडियोमा नै जमेकी छिन् ।

तर पारिश्रमिक नपाउँदा उषा भने समस्यामा परेकी छिन् । थुप्रै भिडियोको पारिश्रमिक नउठेपछि उषाले गुनासो गर्दै यो समस्यामा मिडियाकर्मीलाई सुनाउन भ्याएकी छिन् । उनले आफ्नो समस्या राख्दै भनिन् ‘सुरुमै पारिश्रमिक माग्यो भने तिमी को हौं, नायिका हौं र भनेर उल्टै प्रश्न गर्ने र काम गरिसकेपछि पारिश्रमिक नै नदिने निर्माताको बानीले आँफु दिक्क भएको बताइन् ।

भिडियोको काम सकिएपछि फोन गर्दा महिनौ फोन नउठाउने निर्माता निर्देशकहरुका कारण आँफु हैरान बनेको बताउँछिन् । उषाले अहिलेसम्म आफ्नो २ लाख भन्दा बढी पारिश्रमिक लिन बाँकी रहेको बताइन् । यद्यपी अहिलेसम्म भने उषाले आँफुलाई पारिश्रमिक नदिने निर्माता निर्देशकको नाम भने खुलाएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर