सोनु सुदले आफ्नो करोडौँ रकम खर्चेर गर्दैछन् ५० मृगौला पिडितको उपचार — OSNepal

सोनु सुदले आफ्नो करोडौँ रकम खर्चेर गर्दैछन् ५० मृगौला पिडितको उपचार

LC (KTM) May 11, 2022 0

काठमाडौं-चर्चित बलिउड अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट ५० जनाको मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन् । भारतीय मिडियाका अनुसार उनले एक अस्पातालको विज्ञापन गरेको पारिश्रमिकबाट आर्थिक अवस्था कमजोर भएका ५० जना बिरामीहरूलाई मिर्गौला प्रत्यारोपण गराइदिने बताएका हुन्

मिर्गौला प्रत्यारोपणको लागि उनले विज्ञापनको १२ करोड भारु पारिश्रमिक सहयोग गर्ने बताइएको छ । अहिले दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको बताइएको छ ।

उनले भनेका छन् ‘एक अस्पताल मसँग काम गर्न चाहन्थ्यो। मैले अस्पतालको विज्ञापन गरेको पारिश्रमिकले ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने प्रस्ताव राखेको थिए। ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्दा १२ करोड खर्च हुनेछ। अहिले दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ। जो सायद यसको खर्च जिन्दगीभर उठाउन सक्दैनथे ।’

पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय सोनु सुदले केही दिन पहिले नेपाली बालिकालाई निशुल्क पढाइ दिने घोष्णा गरेका थिए । यसअघि कोरोना महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए। उनले मनै देखी गरिरहेको सामाजिक कर्र्मले पछिल्लो वाही वाही पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर