पृथ्वीसुब्बा गुरुङले मौन अवधिमा पनि भोट मागेपछि — OSNepal

पृथ्वीसुब्बा गुरुङले मौन अवधिमा पनि भोट मागेपछि

LC (KTM) May 11, 2022 0

काठमाडौं, वैशाख २८ । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले फेसबुकमा पोस्ट गर्दै मत मागेको एउटा तस्विर अहिले भाइरल बनिरहेको छ । जुन निर्वाचन आचारसंहिता विपरीत हो ।

गुरूङले भोट माग्दै गरेको भिडिओ मौन अवधिमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि रातारात भाइरल बनेको हो । उनले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरे लगत्तै कैयौँ लाइक र कमेन्टको वर्षा भयो ।

जहाँ एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ।

मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न। गुरूङले भोट माग्दै गरेको पोस्टमा कतिपय रमाइला कमेन्टहरु पनि पढ्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर