वीरगञ्जमा निर्वाचन लक्षित चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था — OSNepal

वीरगञ्जमा निर्वाचन लक्षित चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

LC (KTM) May 11, 2022 0

वीरगञ्ज- आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
यता असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गताका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ । यसैगरी, निर्वाचनलाई भयरहित शान्ति सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।

बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना÷ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समादवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेकोे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर