गर्भनिरोधकको रुपमा ललिपपको प्लास्टिकको स्टिक महिलाहरुको छालामुनि राखिदिएपछि... — OSNepal

गर्भनिरोधकको रुपमा ललिपपको प्लास्टिकको स्टिक महिलाहरुको छालामुनि राखिदिएपछि…

LC (KTM) May 11, 2022 0

एजेन्सी । भेनेजुएलाका एक व्यक्तिले अनौठो काम गरेका छन् । ३८ वर्षीय जोस ड्यानियल लोपेजले गर्भनिरोधकको साधन भन्दै दजनौं महिलाहरुको छालामुनि एक साधारण ललिपपको प्लास्टिकको स्टिक राखिदिएको आरोप लागेको छ ।

उनलाई फरार भई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ । कम्तिमा पनि २५ जना महिलाले यो गर्भनिरोधक गरेको र कोही गर्भवतीसमेत भएको पाइएको छ ।

मेडिकल योग्यता नभएका लोपेजले आफ्नो मेडिकल डिग्री नक्कली बनाएर भेनेजुएलाको ला भिक्टोरिया र मायाकायका स्वास्थ्य केन्द्रहरुमा काम गरेको अनुभवले गर्दा पनि सबडर्मल इम्प्लान्टरु गरेका थिए ।

इम्प्लान्ट भनेको सानो प्लास्टिकको रडलाई पाखुरामा राख्ने गर्भनिरोधक प्रक्रिया हो । तर लोपेजले भने, साधारण प्लास्टिकका स्टिकहरु राखी ठगी गर्दै आएका थिए ।

उनीमाथि गैरकानुनी रुपमा औषधी अभ्यास गरेको र नक्कली कागजात पेश गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर