मतदान गर्न जाँदा घरहरुको पनि सुरक्षा गरौं — OSNepal

मतदान गर्न जाँदा घरहरुको पनि सुरक्षा गरौं

LC (KTM) May 12, 2022 0

उमेश थापा

जनताहरु आफनो मत दिनको लागि घरबाट मतदान केन्द्रसम्म जानको लागी नेपाल सरकारले शान्ती सुरक्षाको व्यवस्थीत छ ? लाइन बसेको ठाउँमा, घर बाट मतदान केन्द्रसम्म जाँदा, मतदान गरेर घर फर्किदा पनि सुरक्षा हुनपर्यो, र कसेको दबाब फलायमा पर्न दिनु भएन र जनता आफनो मत निर्धक्क सात हाल्न पाउनु पर्यो ।

कति राजनितिक दलहरु गुण्डा, पैसा खर्च गरेर, मतदाताहरुलाई डर धम्की क्रास देखाएर मत माग्ने राजनिति दल वा उम्मेदवारलाई कारवाही गर्नुपर्यौ । अहिले राजधानीबाट उम्मेदवारहरुले आफनो मत सुरक्षित गर्नका लागि जिल्लावासीहरुलाई निःशुल्क गाडी वा प्लेनमा लगिरहेका छन् । अहिले सहरमा बाट गाउँमा गएका जनताहरुका ेकोठा वा सटरको सुरक्षमा पनि दिनुपर्छ ।

मानिस नभएको बेलामा चोरी घटनाहरु बढ्छ । बैशाख ३० गते सबै मानिसहरु मतदान केन्द्रममा मत खसाल्न जान्छन् ।, त्यो दिन सरकारले मतदान कैन्द्रमा मात्र नभई स्थानीय ठाउँहरुमा पनि सुरक्षा र चनाखो भई चोर्ने घटनाहरु रोक्नु पर्छ । सबै मतदान केन्द्र सुत्केरी अपाङ र बुढाबुढी वा बिरामीहरुलाई लाईन नबसिकन कसरी मतदान गर्ने व्यवस्थापन मिलाउनुपर्यो ।

जनतनाले मत खसालेर आएपछि कसैले पनि दबाबमा प्रसेर दिने काम गनुहुन्न अथवा सरकारले तुरुन्तै नियन्त्रणमा लिनु पर्छ । जनताहरु निशुल्क गाडी वा प्लेनमा चढ्न पायो भनेर काम गनृ नसक्ने नेतालाई मत दिनुभएन । घाँटीमा तीन तोलाको सुनो सिक्रीको लागाएको छन् । हात एक लाख पर्ने मोबाईल सेट बोकेका छन् ।

तर, आफनो पैसा पाँचसय दे्खि दुई हजारसम्म गाडि भाडा तिरेर मतदान गर्न सम्म क्षमता भएन । नेताको खर्चमा गाडीमा जाने निःशुल्क मासुभात खाने अनि आफनो मत दिने । तीन तीन तोलाको सुनको सिक्री र लाख पर्ने मोबाईल बोक्ने तर पाँचसय रुपैंया पैसा छैन भन्न लाज्ज लाग्दैन ?

यस्तै, अशिक्षित वा लोभमा फस्दा देशमा विकाश नभएको र भ्रष्टचार पनि बढेको । उम्मेदवारहरुले खर्च गरे पैसा त भोलि जनतासँगै उठाउछन् । गाउँ जानको लागि उपत्यकाबाट लाखौं जनताहरु घर गयो । कति आफनो पैसाले कति पार्टीकै गाडीमा गएका छन् । तर, सरकारले ५०० रुपैंया भाडा दर तोकेको बाटोमा यातयात व्यवसायीहरुले बढी भाडा लिएका छन् । ५०० को भाडामा १००० लियो । ट्राफिक महाशाका र यातयात व्यवस्था विभाग कता गएछ ? यी कार्यालयका कर्मचारी कता छन् ? जेष्ठ नागीरक, विद्यार्थी, अपाङलाई पनि भाडा छुट दिएका छैनन् ।

सिटभन्दा बढी यात्रु राखेर नक्कली सिट मुडा राखेर गाडीभित्र यात्रु दाउरा मिलाएजस्तो मिलाएर भेडा बाख्रा कोचैझैं कोचेर जनतालाई ठगिरहेका छन् । केही कारण बस सवारी साधन दुर्घटना भए भने सिट भन्दा बढी यात्रु हाल्दा २६ जना को सिट हुँदा ७० भन्दा बढि मानिस हाल्यो ।

तर, सिटभन्दा बढी यात्रु राख्ने गाडि लाई कारवाही गरेन । यातायात व्यवसायीलाई त दशौं आयो । यातायात व्यवसायीहरु जहिल्यै पनि जनता ठग्न पल्किएको अहिले त उही पछिभन्दा दुई गुन्ना बढी भाडा लिएर जनता ठगे । नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वरर, गोशला, चाबहिल, भएको टिकट काउण्टरमा टिकट काट्न गयो भने टिकट छैन भनेर फिर्ता पठाँउछ त्यहिँ टिकट काउण्टर भन्दा छेउमा बिचौलियाहरुले एक हजार पर्ने टिकट दुई हजारमा बेचिरहेका छन् ।

यस्ता बिचोलियाहरुलाई समातेर कारवाहिको दायरामा लिएको छैन । उपत्यकाबाट बाहिरी जिल्ला यात्रु लिएर गएका गाडिहरु कतिको सिशा छैन । कतिको सिशा फुट्टेको, कबाडी र थोत्रो छ । उपत्यकाभित्र विभिन्न रुटमा चल्न बस र मायक्रोबस रिर्जभको नाम उपत्यका बाहिर गइरहेका छन् ।

उपत्यकामा बस्ने जनताहरु गाडी नपाएर कि पैदल यात्रा गर्नुपर्ने कि महँगो भाडा तिरेर ट्याक्सी चढ्नु पर्ने बाध्यता । यातायात व्यवसायीहरु यस्तो गर्दा पनि सरकारले केही गर्ने नसकेर हेरेर बसिरहेको छ । यता चुनावको नाममा महँगी ह्वात्तै बढेको छ यसको पनि अनुगमन भने सरकारले गरेको छैन ।

अब चुनावपछाडि झन् महँगी बढ्छ भने जनताको मनमा छ । सरकारले व्यापारीहरुलाई छाडा छोड्दा आफनो सामानको मुल्य मनपरी राख्दा जनता ठग्दा पनि सरकार केही गर्न नसक्ने ? अबको राजनितिक दलको किचल्लो झनझन् अर्थतन्त्र ब्रिगिर्ने र जनताहरु बाँच्ने नसक्ने जसरी महँगी बढ्ने ।

व्यपार घाटा प्रत्येक दिन बढेको छ व्यापारीहरुले सामान लुकाउन थाली सके चुनाव सिधिनै बित्तिकै सम्पुर्ण ग्याँस पोट्रोल डिजेल र खाधन्नको मुल्य बढ्छ भनेर हल चल्न थालिसक्यो । सरकार दलाली र व्यापारीको लागि मात्र हो । सहि सरकार त गरिबी, आर्थिक कमजोर हुने मान्छेहरुको भन्न सकेन । आर्थिक कमजोर हुने मानिसहरु कि भोकै बस्नुपर्यो कि मर्नुपर्यौ । चुनाव जितेको उम्मेदवारहरु पनि चुनाव पछि ठेक्का पटटा र कमिशनको ध्यान हुन्छ । कारण हो निःशुल्क दिए भनेका सेवासुविधा । जनताहरुलाई चेतना नहुँदा आफनो खुटमा आफैंले बन्चरो हानिरहेका छन् ।

जनताहरुलाई नै सरकारले कर लिने जनता कै भोट जनप्रतिनिधिहरुले लिने ०७४ सालमा चुनिनेको जनप्रतिनिधिहरुले जनताको लागिभन्दा आफनो लागि काम गरे । अहिलो चुनिनो जनप्रतिनिधिहरु जनता होइन आफनो लागि काम गर्ने हो । तर, जनताहरु सोचविचार नगरीकन मतदान गरे भने पछि पछुताउनु भन्दा अरु विकल्प छैन ।

राजनितिक दल वा उम्मेदवार चुनाव जित्नको लागि जति पनि खर्च गर्न लागिपरेका छन् । यसमा जनताहरुलाई चेतना आउने हो भने स्थानीय चुनावमा राम्रो प्रतिनिधि आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर