निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति छैन, कञ्चनलाई रिहा गरियोस् : ओली – OSNepal

निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति छैन, कञ्चनलाई रिहा गरियोस् : ओली

Osnepal Admin (KTM) May 12, 2022 0

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गरेका छन् ।कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई उनले सुनियोजित षड्यन्त्र भनेका छन् ।

‘क. कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ ।

कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उनले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पारेका छन् ।उनले बुटवल घटनाप्रति पार्टीले जिम्मा लिएको पनि उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement