टिपरको ठक्करबाट मोटरसाइकल चालक हरिद्धारको मृत्यु — OSNepal

टिपरको ठक्करबाट मोटरसाइकल चालक हरिद्धारको मृत्यु

LC (KTM) May 12, 2022 0

नवलपरासी, २९ वैशाख -नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्धार यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर