दमक नगरपालिका प्रमुखका उम्मेदवार थापा बिरामी — OSNepal

दमक नगरपालिका प्रमुखका उम्मेदवार थापा बिरामी

LC (KTM) May 12, 2022 0

झापा, २९ वैशाख-राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए ।

तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संयुक्त गठबन्धनका नगर प्रचार संयोजक तथा माओवादी नेता शंकर बस्नेतले जानकारी दिए । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको बस्नेतले जानकारी दिए ।

यद्यपि उनी आजै डिस्चार्ज हुने बताए । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए । ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ उनले भने, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ निर्वाचनको प्रचारमा धपेडीका कारण उनी बिरामी परेका थिए । उनलाई पेट दुखेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर