बागलुङकी मेयर पदकी स्वतन्त्र उम्मेदवारमाथि पैसा बाँडेको आरोप — OSNepal

बागलुङकी मेयर पदकी स्वतन्त्र उम्मेदवारमाथि पैसा बाँडेको आरोप

LC (KTM) May 12, 2022 0

काठमाडौं २९ वैशाख । निर्वाचन आयोगले जारी गरेको मौन अवधिमा पनि चुनावी प्रचार प्रसार गरेको अभियोगमा बागलुङको बिरकोटबाट गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पछि केहि सोधपुछ गरेपछि उनलाई प्रहरीले छाडेको छ । शर्मामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेको थियो । तथापी उनले भने आफु चुनावमा आफ्नो एजेन्ट राख्ने विषयमा कुराकानी गर्न जिकिर गरेकी छन् ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी हटियाबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

प्रहरीले भने सुचना पाए जस्तो पैसा बाडेको प्रमाण फेला नपरेको बताएका छन् । उनको साथबाट धेरै रकम समेत फेला नपरेको प्रहरीले जनाएको छ ।

यस विषयमा अब निर्वाचन आयोग र प्रहरीसहित छलफल गर्न निजलाई बोलाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर