स्वास्थ्यमा समस्या आएपछि दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना ,आजै अपरेशन हुने — OSNepal

स्वास्थ्यमा समस्या आएपछि दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना ,आजै अपरेशन हुने

LC (KTM) May 12, 2022 0

झापा २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका मेयर पदका उम्मेदवार नेता राम थापा अस्पताल भर्ना भएका छन्। सत्तारुढ दलसँग चुनावी गठवन्धन गरी झापाको दमकमा मेयर उम्मेदवार बनेका थापा अस्पताल भर्ना भएका हुन् ।

भोली शुक्रबार निर्वाचन हुनै लाग्दा थापा भने अस्पताल भर्ना भएका छन् । बिहिबार बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थापालाई भर्ना गरिएको छ ।

प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीले दिएको जानकारी अनुसार थापालाई
एपेन्डिसाइटिस भएको छ। । अहिले उनको तीन बजे अपरेशन गर्ने तयारी समेत भइरहेको जानकारी आएको छ ।

साथै, उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सबै शुभेच्छुकहरूलाई उनको स्वास्थ्यलाभको कामना गर्न र धैर्यधारण गर्न हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर