प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह – OSNepal

प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

Osnepal May 12, 2022 0

काठमाडौं, २९ वैशाख-निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने ।

मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्नका लागि थपलियाले आग्रह गरेका छन् । मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक भएर मतदान गर्न उनले आग्रह गरे ।

थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement