अबुधाबी जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा — OSNepal

अबुधाबी जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा

LC (KTM) May 13, 2022 0

काठमाडौं-अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । ८७ दिनको कारागार बसाइ पछि उनी हिाइ भएका हुन् ।पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको भन्दै उनी विरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो ।पाण्डेको रिहाइका लागी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आईएफजे०, आरएसएफ, यूएई पत्रकार सङ्घ, आईएफजे मिडिलिष्टलगायतले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर