मतदान पछि १०० वर्षीय कृष्णप्रसाद पण्डितले भने - सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् — OSNepal

मतदान पछि १०० वर्षीय कृष्णप्रसाद पण्डितले भने – सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन्

LC (KTM) May 13, 2022 0

तनहुँ ३० वैशाख । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा १०० वर्षका एक वृद्धले मतदान गरेका छन् ।

ब्यास १ गल्फुबेँसीमा बसोबास गर्दै आएका १०० वर्षका कृष्णप्रसाद पण्डितले आज बिहानै मतदान केन्द्र पुगी मतदान गरेका छन् ।

मतदान पछि पण्डितले ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको बताएका छन् । आफ्नो उमेरमा सबैले मतदान गर्न पाउन् भन्दंै उनले सबैलाई दीर्घायुको कामना समेत गरेका छन् ।

उनले भने, सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’

आज देशभर चुनावी रौनक छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर