पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग असफल भयो : माधव नेपाल — OSNepal

पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग असफल भयो : माधव नेपाल

LC (KTM) May 13, 2022 0

रौतहट ३० वैशाख ।नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिल्लाको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन् ।

मतदान गरेपछि अध्यक्ष नेपालले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को देखिएको बताएका छन् ।

निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न भने निर्वाचन आयोग समेत असफल भएको बताएका छन् ।

यस्तो पाराले देश नचल्ने बताएका उनले भनेका छन् , ‘प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर