प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिन बालेन साहको आग्रह — OSNepal

प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिन बालेन साहको आग्रह

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । काठमाडौं महानगरपालिकाको स्तन्त्र मेयर पदका उम्मेदवार बालेन साहले आफ्नो मनले खाएको, महानगर तथा वडाहरुलाई प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिन आग्रह गरेका छन् ।

मतदान सुरु हुनु अगावै बालेन साहले सामाजिक सञ्जाल मार्फत सबैलाई मतदान अति नै आवश्यक र महत्वपुर्ण भएकाले जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिनुहोला भन्दै यस्तो बताएका हुन् ।

‘अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ । ‘ उनले भनेका छन् ।

चुनाव हो, हामीले सामर्थ्यले भ्याएसम्म प्रतिष्पर्धा गर्यौँ होला । मनमा हार वा जीत, आफ्नो वा पराइको भावना पनि आयो होला । तर हाम्रा प्रतिष्पर्धा, हार-जीत, आफ्नो-पराइका भावनाहरु पनि मतपेटिकामा नै खस्न पर्छ, ताकि हाम्रा सबै किसिमका प्रतिष्पर्धाहरु हामीबाट रित्तिउन्, दल वा समुहको नरहेर हामी महानगरको मात्रै बन्न सकौँ ।

हरेक विजेता महानगरको विजेता बनोस् । र, हरेक विजेताले सम्पुर्ण महानगरलाई जिताउने प्रण गरोस् । कसले उसलाई भोट दियो वा दिएन भन्ने कुनै पनि कुराले तिलजत्ति पनि फरक नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर