पूर्वसभामुख कृष्णबहादुर महराद्वारा मतदान — OSNepal

पूर्वसभामुख कृष्णबहादुर महराद्वारा मतदान

LC (KTM) May 13, 2022 0

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो ।

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गर्नुभएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।
माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर