बाराको देवताल गाउँपालिकामा मतदान पुन: सुरु — OSNepal

बाराको देवताल गाउँपालिकामा मतदान पुन: सुरु

LC (KTM) May 13, 2022 0

बारा, ३० वैशाख -बाराको देवताल गाउँपालिकामा पुन: मतदान सुरु भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएकाे मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०-१५ जना हात हालाहाल भएपछि राेकिएकाे मतदान फेरि सुरु भएकाे हाे ।

नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचकाे झडपका कारण मतदान राेकिएकाे थियाे । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएकाे थियाे ।

देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेकाे सर्वदलीय बैठकले पुन: मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएकाे हाे ।

झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर