मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन् — OSNepal

मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

LC (KTM) May 13, 2022 0

कपिलवस्तु, ३० वैशाख-नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर