बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस् — OSNepal

बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

LC (KTM) May 13, 2022 0

बैतडी, ३० वैशाख-बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।

बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर