गोरखामा कांग्रेस र माओवादी कार्यकर्ताबीच हात हालाहाल ,भत्कियो मतदानस्थलको बार — OSNepal

गोरखामा कांग्रेस र माओवादी कार्यकर्ताबीच हात हालाहाल ,भत्कियो मतदानस्थलको बार

LC (KTM) May 13, 2022 0

गोरखा ३० वैशाख । गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोकमा रहेको ज्ञानमार्ग माविको मतदान केन्द्र तनावग्रस्त भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच मत खसाल्ने क्रममा हात हालाहाल भएपछि स्थिति तनावग्रस्त भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।

दुई पक्ष बिच भएको तनावले मतदानस्थलको बार भत्किएको छ । मतदानस्थलको बार भत्काएपछि कर्मचारीहरुले ब्यालेट बक्स कोठाभित्र लुकाएका थिए ।

अहिले सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया पुन सुरु भएको मतदान केन्द्रका सहायक निर्वाचन अधिकृतले जनाएका छन् । अहिले नेपाली सेनासहित थप सुरक्षाटोली मतदान केन्द्रमा खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर