५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ : ओली — OSNepal

५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ : ओली

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो दलले पाँच दलको भन्दा बढी स्थानमा जित हासिल गर्ने दावी गरेका छन् ।

भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

एमालेको पक्षमा निर्वाचनको परिणाम आउने जिकिर गरेका उनले ५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँने ठोकुवा गरेका छन् ।

साथै, ओलीले नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर ठानेर गठबन्धन गरेको टिप्पणी समेत गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर