सर्लाहीका मतदान अधिकृत पक्राउ — OSNepal

सर्लाहीका मतदान अधिकृत पक्राउ

LC (KTM) May 13, 2022 0

सर्लाही ३० वैशाख । जिल्लाको बलरा नगरपालिकाबाट मतदान अधिकृत पक्राउ परेका छन् ।

बलरा नगरपालिका स्थित वडा नम्बर ३ को गाविस भव नमा रहेको मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही प्रहरीले दिएको जानकारी अनुसार मत दुरूपयोग गरेको आरोपमा साहलाई पक्राउ गरिएको हो ।

मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई पक्राउ गरिएको हो । जसको कारण मतदान स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर